१ चैत्र २०८२, आईतवार
प्रदेश नम्बर १ का नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री राजेन्द्र राईको सिफारिसमा प्रदेश प्रमुखले नवनियुक्त मन्त्रीहरुले नियुक्त गरेसँगै आइतबार नै शपथ लिएक हुन् । प्रदेश १ मा भागबण्डाकै लागि मन्त्रालय फुटाएर १४ सदस्यीय बनाइएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार रामकुमार राई, राजन राई, खिनु लिम्बु, झलकबहादुर मगर, शेखरचन्द्र थापा, ओम प्रकाश सरावागी, प्रतापप्रकाश हाङगाम, उपेन्द्रप्रसाद घिमिरेले मन्त्रीको शपथ लिएका छन् । यस्तै विष्णु तुम्बाहम्फेले राज्यमन्त्रीको शपथ लिएका छन् ।