१ चैत्र २०८२, आईतवार
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयले स्थानीय तह रिक्त हुन्छ कि, भन्ने आशंका हटेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत संविधानको मर्मअनुरूप निर्वाचनको मिति घोषणा भएको बताएका छन् ।
‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्मअनुरूप छ । स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको छ। अनि निर्वाचन टार्ने गरी भएका अनेकन् बहस अब सकिएका छन्’, महामन्त्री थापाले भनेका छन्, ‘सबैले सदैव हेक्का राख्नु पर्दछ(संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन ।’

