अमेरिका र ताइवानबीच करिब १० करोड डलरबराबरको मिसाइल सम्झौत स्वीकृति

होमल्याण्ड खबर

२०७८ माघ २५ गते, मंगलवार १६:२२ मा प्रकाशित

अमेरिका र ताइवानबीच करिब १० करोड डलरबराबरको मिसाइल सम्झौतालाई राष्ट्रपति जो बाइडेन प्रशासनले स्वीकृति दिएको छ ।

यो मिसाइल सम्झौताका मुख्य उद्देश्य चीनको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै ताइवानको मिसाइल रक्षा प्रणाली मजबुत पार्नु रहेको छ ।अमेरिकी विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै मिसाइल सम्झौतालाई स्वीकृति दिइएको जानकारी दिएको हो ।

चीनको बेइजिङमा यतिखेर शीतकालीन ओलम्पिक खेल आयोजना गरिँदै छ । र, यही कारण त्यहाँ राष्ट्रवादी भावना चरम विन्दुमा पुगेको बताइन्छ ।चीनले ताइवान आफ्नो हिस्सा रहेको बताउँदै आएको छ ।

हालै थुप्रैपटक चिनियाँ लडाकु विमानले ताइवानको हवाई क्षेत्रमा अनधिकृत उडान भरेको छ ।यही कारण पनि ताइवानले अमेरिकासँग मिसाइल सहयोग मागेको थियो ।

दुई देशबीचको नयाँ सम्झौताले ताइवानको मौजुदा वायु रक्षा मिसाइल प्रणाली उन्नत बन्ने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी सरकारले उक्त सम्झौता स्वीकृत गरेकोमा ताइवानको रक्षा मन्त्रालयले धन्यवाद भनेको छ ।