१ चैत्र २०८२, आईतवार
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपति शम्शेर जबराले कमल थापालाई पार्टिमा फर्किन आग्रह गरेका छन् । बिहीबार केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वअध्यक्ष राणाले पूर्व अध्यक्ष थापालाई उक्त आग्रह गरेका हुन् ।
उनले तीनै चरणको निर्वाचनमा गम्भीर भएर सोच्नुपर्ने भन्दै थापालाई पुनः पार्टीमा फर्किन आग्रह गरेका हुन् । थापाले पार्टी त्यागको घोषणा गर्नु अनपेक्षित भएको भन्दै उनी पार्टीमा फर्किने विश्वास जबराले व्यक्त गरे । आफूले थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरेपनि अस्वीकार गरेको गुनासो समेत उनले गरे ।


उनले भने, सबै कुरालाई अलि धैर्य लिएर छलफल गरौँ भनेर मैले अनुरोध गरेको थिएँ । त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ । अपर्झट निर्णय आयो, दुःख लाग्दो कुरा हो ।’