फाल्गुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुन: स्थगित

होमल्याण्ड खबर

२०७८ फाल्गुन १ गते, आईतवार १३:१९ मा प्रकाशित

फाल्गुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुन:स्थगित भएको छ । संसद सचिवालयका महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै भोलि सोमबारका लागि बोलाइएको बैठक बुधबारसम्म स्थगित भएको जानकारी दिएका छन् ।

‘फागुन २ गते सोमबार बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल फागुन ४ गते बुधबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो गरिएको छ।’ जारी सूचनामा उल्लेख गरिएको छ ।