नेपाली कांग्रेसको गोरखा–काठमाण्डौं संम्पर्क समितिको अध्यक्षमा रामकृष्ण सिंखडा

होमल्याण्ड खबर

२०७८ फाल्गुन १ गते, आईतवार १३:२५ मा प्रकाशित

नेपाली कांग्रेसको गोरखा–काठमाण्डौं संम्पर्क समितिको अध्यक्षमा रामकृष्ण सिंखडा १ फागुन गोरखा। नेपाली कांग्रेसको गोरखा–काठमाण्डौँ तदर्थ सम्पर्क समिति गठन भएको छ ।
भिमसेन थापा गाउँपालिका वडा नम्बर ३ घर भई हाल काठमाण्डौँमा बस्दै आएका रामकृष्ण सिंखडाको अध्यक्षतामा ४१ सदस्यीय समिति गठन गरिएको नेपाली कांग्रेस गोरखाका सचिव कृष्ण आलेले बताए । समितिको उपाध्यक्षमा शहीदलखनका गोपाल थापा, अजिरकोटका ज्ञानेन्द्र दवाडी, सचिवमा गण्डकीका राजेन्द्र धमला, सिरानचोकका किशोर गुरुङ, कोषाध्यक्ष आरुघाटका इश्वर ढकाल रहेका छन् । यस्तै सह सचिवमा बारपाक सुलिकोटका नबराज सुवेदी, सिरानचोकका टोपबहादुर थापा, गोरखा नगरपालिकाका दिबस भट्ट, सबिन भट्ट, पालुङटारका हरिनारायण श्रेष्ठ, गण्डकीका रोसन अधिकारी रहेका छन् । सदस्यहरु पनि बिभिन्न गाउँपालिकाबाट मनोनित गरिएको समितिले जनाएको छ ।
उक्त समितिले एक वर्ष भित्र बिधान बनाए नयाँ कार्य समिति चयन गर्ने प्रक्रियामा अघि बढ्ने कांग्रेस गोरखाका सचिव किशोरजंग थापाले बताए । गोरखा घर भई बिभिन्न शिलसिलामा काठमाण्डौँ बस्दै आएका नेपाली कांग्रेस समर्थकहरुलाई एकै ठाउँमा संगठीत गर्ने, पार्टीको काममा सहभागी बनाउने, कांग्रेस गोरखाको हरेक अभियानमा योगदान गर्नका लागि नेपाली कांग्रेस गोरखा काठमाण्डौँ सम्पर्क समिति गठन गरिएको कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बताए ।
शनिवार नेपाली कांग्रेस गोरखाको पार्टी कार्यालय तिनधारेमा आयोजित कार्यक्रममा कांग्रेस सचिव थापाले समितिको कार्यविधी, बिधान लगायतका बारेमा जानकारी गराएका थिए । जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले अब पार्टीको ध्यान निर्वाचन केन्द्रित हुनुपर्ने भएकाले त्यसमा लाग्न सबैलाई अनुरोध गरे । कार्यक्रमा कांग्रेस क्षेत्र नम्बर १ का सभापति नारायण लामिछाने, क्षेत्र नम्बर २ का सभापति गोबिन्द गुरुङ, गण्डकी प्रदेश सदस्य शोभा अधिकारी, गोरखा काठमाण्डौँ सम्पर्क समितिका अध्यक्ष रामकृष्ण सिंम्खडा लगायतले मन्तब्य राखेका थिए ।