सोमबार दिउँसो २ बजेका लागि सभामुखले बोलाए सर्वदलीय बैठक

होमल्याण्ड खबर

२०७८ फाल्गुन १ गते, आईतवार १४:०० मा प्रकाशित

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाको सचिवालयका अनुसार सोमबार दिउँसो २ बजे बैठक बोलाइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि सभामुख सापकोटाले बैठक बोलाएका हुन् ।