१ चैत्र २०८२, आईतवार
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबार बिहान भेटवार्ता भएको छ । एमसीसीबारे निर्णय लिन आज सत्तारुढ गठबन्धनको बैठक बस्न अघि दुई नेताबीच भएको छलफल सहमतिबिना नै टुङ्गिएको जनाइएको छ ।
आज बिहानको भेटमा दुई नेता आ–आफ्नो अडानमा कायम रहेकाले कुनै सहमतिमा पुग्न नसकेको बालुवाटार स्रोतले बताएको छ । यद्यपी, गठबन्धनको बैठकअघि सहमतिका लागि पहल गर्न ३ बजे बस्ने भनिएको गठबन्धनको बैठक ५ बजेलाई सारिएको छ ।


देउवा आगामी प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गर्न चाहन्छन् भने प्रचण्ड सहमति कायम गरेर मात्र त्यसलाई टेबल गर्ने पक्षमा छन् । प्रधानमन्त्रीले जबरजस्ती सम्झौतालाई संसद्मा टेबल गरे माओवादीले सरकारसम्म छाड्ने धम्की दिएको छ । यसै टसलबीच आज कुनै सहमति हुन नसकेको हो ।