आज पजि एमालेले संसद अवरोध गर्ने

होमल्याण्ड खबर

२०७८ फाल्गुन ६ गते, शुक्रबार ११:२० मा प्रकाशित

नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने बताए ।

नेम्वाङका अनुसार एमलेको रणनीति परिवर्तन भएको छैन र आज पनि विरोध जारी रहने छ । कार्यव्यवस्थाको बैठक एमालेले बहिस्कार गर्दै आएको छ ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । सो बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । यसअघि प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न त्यसअघि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।