लोसपा संसदीय दलको बैठक बस्दै, एमसीसीबारे छलफल हुने

होमल्याण्ड खबर

२०७८ फाल्गुन ११ गते, बुधबार ११:१२ मा प्रकाशित

लोकतान्त्रिक समाजवादी पार्टी लोसपा संसदीय दलको बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजेका लागि सो बैठक तय भएको छ । यस बैठकले एमसीसीबारे पार्टीको निश्कर्ष निकाल्ने जनाइएको छ ।

नेता लक्ष्मणलाल कर्णका अनुसार उक्त बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० लगायत समयसामयिक विषयमा छलफल हुने छ ।

एमसिसी नेपालको पूर्वाधार विकास र नेपाली जनताको समृद्धिको पक्षमा रहने भनी दाबी गर्दै आएको ९लोसपा०को आजको बैठकले यस सम्बन्धमा ठोस धारणा सार्वजनिक गर्ने बताइएको छ ।