१ चैत्र २०८२, आईतवार
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहायता परियोजना सम्झौता एमसीसीलाई संसदीय प्रक्रियाबाट एमसीसी असफल बनाइने बताएका छन् । आज खबरदारी सभालाई सम्बोधन गर्दै श्रेष्ठले यथास्थितिमा एमसीसी पास हुन नसक्ने बताएका हुन् ।
उनले भने,एमसीसीको विपक्षमा मतदान गर्छौं यो यथास्थितिमा पास हुनै सक्दैन ।


सम्झौता इण्डोप्यासीफीक रणनीतिको अंग भएको दावी गर्दै उनले भने, एमसीसी सम्झौतामा स्वाधिनता र हित विपरितका प्रावधान रहेका छन्, पास गराउनु हुँदैन ।