नेकपा समाजवादीको निर्णय : व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने

होमल्याण्ड खबर

२०७८ फाल्गुन १५ गते, आईतवार १५:०९ मा प्रकाशित

 माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । आज आइतबार बिहान बसेको सो पार्टीको स्थायी कमिटी बैठकले एमसीसीबारे उक्त निर्णय गरेको सहरी विकास मन्त्री समेत रहेकी नेतृ रामकुमारी झाँक्रीले बताइन् ।

झाँक्रीले अहिलेसम्म गरेका प्रयासहरू अनुसार उक्त निर्णयमा पार्टी पुगेको पनि बताइन् ।