१ चैत्र २०८२, आईतवार
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालले युक्रेनको पक्षमा खुलेकोमा प्रधानमन्त्रीको शेरबहादुर देउवाको आलोचना गरेका छन् । विराटनगरमा बुधबार आयोजित भरतमोहन अधिकारीको तेस्रो स्मृति दिवस तथा जेष्ठ नागरिक आधारभूत तथा प्रविधिमूलक शिक्षा कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै खनालले युक्रेनको समर्थन गरेर अमेरिकी शिविरमा जान नहुने बताएका हुन् ।
नेपाल जस्तो असंलग्न पराराष्ट्र नीति लिएको राष्ट्रका कार्यकारी प्रमुखले यस्तो गर्न नहुने बताउँदै खनालले नेपालले युक्रेनको घटनाबाट पनि पाठ सिक्नु जरुरी रहेको बताए । ‘युक्रेनको घटनाले छिमेकीलाई चिढ्याउनु हुँदैन भन्ने पाठ हो । तर, सरकारले किन हतार हतार समर्थन गरेको रु युक्रेन घटना पश्चिमाको उक्साहटले भएको हो । हतारमा नेपालले किन समर्थन गरेको रु यो कता जाने बाटो हो रु यो नेपालको असन्तुलित कुटनीति हो,’ उनले भने, ‘नेपाल के अमेरिकी शिविरमा ढल्किएको हो रु’ यो प्रश्नको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवाले दिनुपर्ने खनालले बताए ।


उनले प्रधानमन्त्री शेरबहादुर देउवा ‘अमेरिकी शिविरमा जान लागेको हो रु’ भन्ने प्रश्न गर्दै रुस–युक्रेन द्वन्द्वका क्रममा नेपाल युक्रेनको पक्षमा खुलेको प्रसंग कोट्याउँदै खनालले प्रधानमन्त्रीको आलोचना गरेका हुन् ।
खनालले अमेरिकाले आयोजना गरेको डेमोक्र्याटिक समिटमा प्रधानमन्त्री देउवा सहभागी भएको विषयमा पनि असन्तुष्टि व्यक्त गरे । ‘यो डेमोक्र्याटिक समिट भनेको तथाकथित अमेरिकी एलिटहरुको हो,’ खनालले भने, ‘डेमोक्रेटिक समिटमा हाम्रो प्रधानमन्त्री किन सहभागी हुनुभएको हो रु उहाँ के अमेरिकी शिविरको मान्छे हो रु यो मेरो प्रश्न हो ।’
खनालले भारत र चीनजस्ता मुलुकसमेत तटस्थ भूमिका खेलिरहेको अहिलेको अवस्थामा नेपाल जस्तो मुलुकले हतारमा टाढाको मुलुकको विषयमा प्रतिक्रिया दिनु राम्रो नभएको बताए । खनालले ५ सय वर्षदेखिको पश्चिमाको दबदबा अब अन्त्य हुँदै गएको टिप्पणी पनि गरे । ‘अमेरिका पछाडि हटिरहेको छ, कमेडियन राष्ट्रपतिलाई उचाल्यो तर अमेरिकाले केही गर्न सक्दैन,’ खनालले भने, ‘अफगानिस्तानमा के भयो रु अमेरिका भागेको होइन रु युक्रेनमा उक्साएर भागेको होइन रु ’ यो कुरालाई ध्यान दिएर मात्रै नेपाल अगाडि बढ्नुपर्ने उनले बताए ।