रुसको क्षति विवरण सार्वजनिक, युक्रेन आक्रमणमा करिब पाँच सय रुसी सेना मारिएको स्वीकार

होमल्याण्ड खबर

२०७८ फाल्गुन १९ गते, बिहीबार ११:१५ मा प्रकाशित

युक्रेन आक्रमणका क्रममा ४९८ रुसी सेना मारिएका पुष्टि भएको छ। युक्रेन आक्रमणका क्रममा आफ्ना ४ सय ९८ सुरक्षाकर्मी मारिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ। रुसले पहिलो पटक आफ्नो तर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको हो । तर, युक्रेनले रुसले सार्वजनिक गरेको तथ्यांक भन्दा बढी रुसी सेना मारिएको दाबी गरेको छ ।

रुसी हमलामा ठूलो संख्यामा सर्वसाधारणको हताहति भएको युक्रेनले जनाएको छ । बुधबारको तथ्यांक अनुसार रुसी सेनाको आक्रमणमा ३५२ सर्वसाधारण मारिएका छन् ।

यसैबीच दक्षिणी मारिउपोलमा भएका हमलामा सयौं हताहत भएको सो सहरका मेयरले बताएका छन् ।