१ चैत्र २०८२, आईतवार
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आवश्यकताले मात्रै गठबन्धन बनेको बताएका छन् । उनले भने ‘अहिले नेपाली कांग्रेस, माओवादी र समाजवादी मिलेर गठबन्धन बनाउनुपर्ने आवश्यकता भयो, किन कि संविधान जोगाउन गठबन्धन चाहियो, पद्धति जोगाउनका लागि चाहियो,’ उनले भने, ‘नत्र एउटा दुर्घटना हुने भयो ।’
महामन्त्री थापाले शुक्रबार पोखरामा नेपाली कांग्रेस मादी गाउँपालिका समितिले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै २०५६ सालमा एमाले महासचिव माधव नेपाल र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले मिलेर सरकार बनाए पनि चुनावमा छुट्टाछुट्टै गएको थापाले स्मरण गराएका छन् ।


अब यो गठबन्धनले वैशाख ३० गते चुनाव गराउनुपर्ने थापाले बताए । ‘कोही कतै नअल्मिलिनुहोला, वैशाख ३० गते स्थानीय निर्वाचन हुन्छ,’ उनले भने, ‘कांग्रेसले चुनाव गराउँछ, किन कि संविधानले हामीलाई त्यही मार्ग निर्देशन गरेको छ ।’
कुनै एउटा एमसीसीको विषयमात्रै होइन, भोलि अर्का विषय पनि आउँछ,’ उनले भने । मोबाइल, घडी र क्यामेरा बाहेकै मकैसमेत बाहिरबाट ल्याउने र उपचार गर्नुपरे विदेश जानेहरुले नै अपवाफ फैलाएको उनको आरोप थियो ।
संसदको चुनाव भने मंसिरमा वा त्योभन्दा पहिला पनि हुनसक्ने उनको भनाइ थियो । अब जनताको बीचमा जाँदै गर्दा एउटा अपिल र अनुरोध लिएर जानुपर्नेमा महामन्त्री थापाले जोड दिए । ‘चेतनाको राजनीतिको पक्षमा हो कि, उत्तेजनाको राजनीतिको पक्षमा हो रु’उनले भने ,’ नेपालमा उत्तेजनाको राजनीति गर्नेहरुको दोकान चल्यो, कहिले अरुणको बेलामा चल्यो, कहिले भारतको विरुद्धमा सुरुङ युद्ध गरौं भनेर चल्यो । एमसीसीको प्रकरणमा भएको यही नै हो ।’
नेपालका सबै राजनीतिक दलका नेताहरुले एमसीसीको प्रक्रिया अघि बढाएको महामन्त्री थापाले बताए । ‘राष्ट्रघाती सम्झौता छ भन्नेले यति पनि इमान राखेन कि सम्झौता मैले नै गरेर आएको हुँ, त्यो बनाएको मैले नै हो, मैले गर्दा खेरी केही त्रुटि कमजोरी भयो भनेर भनेको भए स्वीकारे छ भन्नुहुन्थ्यो,’ उनले भने, ‘उल्ले ढाँटयो, ठग्यो, लुकायो, उल्ले भनेन ।’
एमसीसीको उपकरणमा कर नलाग्ने कुरा ५० वर्ष पनि त्यही हुन्थ्यो भन्ने कुरा कमरेडहरुले नभन्दिएको गुनासो थापाले गरे । ‘कमरेडले आएर के भन्दियो, यो एमसीसी आइसकेपछि प्रसारण लाइन बन्छ, एमसीए भन्ने छ, त्यो भएपछि त हाम्रो जग्गा जान्छ भन्दियो,’ थापाले भने, ‘यस्ता थुप्रै विषयहरु छन्, यो नबुझेर भनेको होइन, कस्ता मान्छेलाई जनप्रतिनिधि बनाएछौं, जुन जनप्रतिनिधिले जुन सम्झौता आफैंले हस्ताक्षर गरेर आएको छ, हस्ताक्षर गर्दै गर्दा एउटा, पढ्दै गर्दा अर्का, बुझाउँदै गर्दा अर्का हुने १’
त्यस कारणले गर्दा उत्तेजनाको राजनीति घातक रहेको उनको भनाइ थियो । ‘कुनै एउटा एमसीसीको विषयमात्रै होइन, भोलि अर्का विषय पनि आउँछ,’ उनले भने । मोबाइल, घडी र क्यामेरा बाहेकै मकैसमेत बाहिरबाट ल्याउने र उपचार गर्नुपरे विदेश जानेहरुले नै अपवाफ फैलाएको उनको आरोप थियो ।
‘उटा कमरेड आउँछ र के भन्छः माग्ने भन्छ,’थापाले भने, ‘तिम्रो छोराछोरी खै भन्यो भने अमेरिका, अनि उपचार गर्न कहाँ जान्छ रु तपाईं र मैले उपचार गर्नपर्यो भने बाको जमिन बेच्नुपर्ने रु राज्यको ढुकुटीबाट पैसा लिन्छ, नेपाल पत्याउँदैन । कि सिंगापुरको अस्पताल जान्छ, भारत जान्छ, मेदान्त जान्छ वा कहिँ जान्छ र उपचार गर्छ, नेपालमा आएर फेरि मुठ्ठी कस्छ, मागेर अस्पताल बनाउने रु’
हिजो गिरिजाप्रसाद कोइरालाले माले, मण्डले र मसाले एकै हुन् भनेको भन्दै थापाले तिनीहरुको चरित्रै उत्तेजनाको राजनीति भएको बताए ।