१ चैत्र २०८२, आईतवार
आज ११ बजेका लागि तय भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक दिउँसो २ बजेलाई सरेको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकाललले आइतबार ११ बजेको लागि तय गरिएको बैठक २ बजे बस्नेगरी तय भएको बताए ।
माओवादीको केन्द्रीय कमिटी बैठक शुक्रबारबाट सुरु भएको हो । आजको बैठक बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेस मा बस्ने बताइएको छ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिएपछि बैठकका नियमित कार्यसूचीमा छलफल हुने छ ।

