१ चैत्र २०८२, आईतवार
माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमार खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बुधबार रंगेलीमै आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् ।
मेयर, उपमेयरसहित ४ हजार ७ सय १० जनाले पार्टी प्रवेश गरेका एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले बताए ।

