माधव नेपालसहित १४ सांसदकाे मुद्दा आज सुुनुवाई हुँदै

होमल्याण्ड खबर

२०७८ फाल्गुन २९ गते, आईतवार १२:१६ मा प्रकाशित

नेकपा एमालेले सांसदबाट निष्कासन गरेका १४ जना सांसदको मुद्धामा सर्वोच्च अदालतमा आज ९आइतबार० सुनुवाई हुँदै छ ।

पटक-पटक पेसी चढाउने र हेर्न नभ्याइने भन्दै पर धकेल्दै आएको मुद्धा आइतबार न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार चुँडालको इजलासमा परेको छ । सोही विषयमा एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।

लुम्बिनी प्रदेशका दुई सांसदको निष्कासनको कारबाही अघि नबढाएको भन्दै मुद्धामा लुम्बिनी प्रदेशका सभामुखलाई समेत विपक्षी बनाइएको छ ।

नेकपा एमालेले सांसदहरू माधव नेपाल, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणी चौधरी, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुनलाई निष्कासन गरेकोथियो ।

उनीहरु भने नयाँ दल नेकपा एकीकृत समाजवादी दर्ता गरेर अघि बढेका छन् । न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार चुँडालको इजलासमा परेकोछ । सोही विषयमा एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।

लुम्बिनी प्रदेशका दुई सांसदको निष्कासनको कारबाही अघि नबढाएको भन्दै मुद्धामा लुम्बिनी प्रदेशका सभामुखलाई समेत विपक्षी बनाइएको छ । नेकपा एमालेले सांसदहरू माधव नेपाल, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणी चौधरी, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुनलाई निश्कासन गरेकोथियो ।

उनीहरु भने नयाँ दल नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेरअघि बढेका छन् ।