रुस र युक्रेनबीच चौथो चरणको वार्ता हुँदै

होमल्याण्ड खबर

२०७८ फाल्गुन ३० गते, सोमबार १५:२८ मा प्रकाशित

रुस र युक्रेनबीच चौथो चरणको वार्ता हुने भएको छ। बीबीसीका अनुसार स्थानीय समयअनुसार बिहान साढे दश बजे वार्ता हुन लागेको हो ।

रुसले रचनात्मक रूपमा कुरा गर्न थालेकाले ताजा वार्तामा कूटनैतिक प्रगति हुने आशा रहेको बीबीसीले युक्रेनी अधिकारीलाई उदृत गर्दै उल्लेख गरेको छ । यसैबीच सोमबार अमेरिका र चीनबीच पनि वार्ता हुने भएको छ। चीनले रुसलाई सहायता गर्ने सम्भावनाबारे समाचारहरू आइरहेका बेला वार्ता हुन लागेको हो।