भीम रावलको जवाफः मेरो होइन, प्रधानमन्त्रीकै दिमाग खुस्किएछ

होमल्याण्ड खबर

२०७८ फाल्गुन ३० गते, सोमबार १६:४९ मा प्रकाशित

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिमाग खुस्किएर होस् हराएको आरोप लगाएका छन् । प्रधानमन्त्री देउवाले एमसीसी प्रकरणबारेमा नुवाकोटमा दिएको अभिब्यक्तिमा भीम रावल रहेको मन्त्रिपरिषदले ल्याएको एमसीसी आफूले अनुमोदन गरेको बताएका थिए ।

भीम रावल रक्षामन्त्री भएको बेला एमसीसी सम्झौता मन्त्रिपरिषदबाट परित भई संसदमा ल्याएको अहिले विरोध गरेर दुई जीब्रे कुरा गरेको देउवाले बताएका थिए । ‘एमसीसीको सबैभन्दा बढी खिलाफमा भीम रावल हुनुहुन्छ। त्यसबेला भीम रावलको दिमाग खुस्किएको थियो ? अहिले बोल्न लाज छैन ?’ भनी प्रधानमन्त्री देउवाले नेता रावलमाथि प्रश्न गरेका थिए ।

देउवाको आरोपको खण्डन गर्दै एमाले नेता रावलले एमाले अध्यक्ष ओलीले एमसीसीसँगको सम्झौता सम्झौता संसदमा ल्याएकोबेला आफू मन्त्रिपरिषदमा रहेको स्पष्ट गरेका छन् । देउवाको प्रतिवादस्वरुप सामाजिक सञ्जालमा लेख्दै रावलले केपी ओली पहिलो पटक प्रधानमन्त्री भएकोेबेला आफू उपप्रधानमन्त्री एवम् रक्षामन्त्री रहेको स्पष्ट गरेका छन् ।

भीम रावलको स्पष्टीकभीम रावलले ट्वीटरमा राखेको स्पष्टीकरण