१ चैत्र २०८२, आईतवार
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिको २०२१ २०२३ कार्यकालका लागि गठबन्धनबाट रबिना थापाको उम्मेदवारी बनेकी छिन् । आगामी मार्च २४ र २५ तारिकमा हुने दशौं महाधिवेशनका लागि सोमबार बेलुका निकालेको अन्तिम उम्मेदवार नामावली अनुसार अमेरिकाकी थापा र रसियाका बद्री केसी भिड्ने भएका हुन् । थापालाई सत्तागठबन्धले साथ दिने भएको छ । थापा नेपाली कांग्रेस निकट हुन् । भने केसी नेकपा एमाले निकट हुन् । थापा केसी भन्दा बलियो उम्मेदवार हुन् ।
थापाले आफू आइसीसीको अध्यक्षमा योग्य भएकाले अध्यक्षमा उम्मेदवार दिएको बताइन् । विश्वभरका नेपाली युवा तथा महिलाको साथ र समर्थनमा आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।


म्याग्दीमा जन्मिएकी थापाले पहिला जापानमा रहेर सामाजिक अभियन्ताका रूपमा काम गरेकी थिइन् । त्यसपछि उनले अमेरिकामा रहेर गैरआवासीय संघमा आबद्ध भई काम गरिरहेकी छन् । थापा एनआरएनको अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराउने पहिलो महिला हुन्।
थापा आईसीसी २०१९ देखि २०२१ को उपाध्यक्ष हुन् । त्यसअघि थापा २०१५ देखि २०१७ अमेरिका एनसीसीको उपाध्यक्ष थिइन्।
थापालाई विभिन्न संघ संस्था हाँकेको अनुभव छ। म्याग्दीस्थित मोना हाइड्रोपावरमा थापाको पारिवारिक लगानी छ ।थापाले नेपाली जनसम्पर्क समिति जापानको संस्थापक तथा अमेरिकाको संस्थापक सदस्य भएर काम गरिसकेकी छन्। विदेशमा हासिल गरेको सीपलाई व्यावसायिकीकरण गर्ने उनको एजेन्डा रहेको छ । समृद्धिका लागि सुरक्षित रोजगारीको वातावरण सिर्जना गर्न सघाउने, उद्यमलाई प्राथमिकता दिने र युवाहरुलाई संघमा ल्याउने लगायतका एजेन्डा अगाडी सारेकी छिन् । त्यसैगरी थापाको समुहबाट उपाध्यक्ष पदमा जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले उम्मेदवारी दिएका छन् ।