प्रवासमा पनि नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश

होमल्याण्ड खबर

२०७८ चैत्र ४ गते, शुक्रबार १२:१४ मा प्रकाशित

हिजो जनसम्पर्क समिति फ्रान्सको आयोजनामा आयोजित सम्मान तथा शुभकामना कार्यक्रम फ्रान्सको राजधानी पेरिस स्थित रोयल पोखरा रेस्टुरेण्टमा सम्पन्न भएको छ । जनसम्पर्क समिति फ्रान्सको सबैभन्दा सर्बोच्च सम्मानित र अभिभावकीय पद संरक्षकमा निष्ठाका प्रतिक, निस्वार्थी सामाजिक व्यक्तित्व, एकता समाज फ्रान्सका संस्थापक अध्यक्षक श्री तप्त भण्डारी ज्यु मनोतित भए पश्चायत भौतिकरुप मै कार्यक्रम आयोजना गरि सम्मान गरिएको छ। श्री तप्त भण्डारी ज्युले मातृभुमिबाट टाढा रहेर पनि नेपाली कांग्रेसको राष्ट्रियता, लोकत्रन्त्र र समाजबादको भावनालाई बिदेशी भूमिमा नेपालीहरु माझ संगठन बिस्तारमा पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै जनसम्पर्क समिति फ्रान्सको २०२१(२०२४ कार्यकालको लागि संरक्षक जस्तो गरिमामय पदमा सर्वसहमतिबाट मनोनित गर्दै सम्मान गरेको छ। संरक्षक भण्डारी नेपाली कांग्रेस म्याग्दी जिल्लाको कार्यालय पूर्व सचिब समेत हुनुहुन्छ। उक्त कार्यक्रमको सभापतित्व कार्यवाहक सभापति इन्द्र बस्नेतले गर्नु भएको थियो। कार्यक्रममा जसस फ्रान्सका संस्थापक सभापति निर्मल अर्याल, एन आर एन ए फ्रान्सका बरिष्ठ उपाध्यक्ष शिवराम भण्डारी, ज स स फ्रान्सका उपसभापति कृष्ण गुरुङ र पाकोफेंन फ्रान्सकि अध्यक्ष सुमित्रा प्रधानले जनसम्पर्क समिति फ्रान्सले तप्त भण्डारी जस्तो अनुभवी, निष्ठावान र जुझारु अविभावक पाएको भन्दै कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

फ्रान्समा बस्ने कांग्रेस पार्टी प्रति निष्ठावान जनसम्पर्क फ्रान्समा आवद्द क्रियाशील सदस्यहरुको उलेख्य सहभागिता बीच कार्यक्रम सम्पन्न भयो। जनसम्पर्क समिति फ्रान्सको निर्वाचन पश्च्यात पद तथा गोपनियताको प्रमाण पत्र लिन असमर्थ उपसभापति कृष्ण गुरुङ, सदस्य द्वय झबिन्द्र अधिकारी र सुदिप कंडेलले पनि गोपनियताको प्रमाण पत्र संरक्षक बाट ग्रहण गर्नु भएको थियो। जसस फ्रान्सको बिधान अनुरुप सक्रिय र जुझारु युवा दिपेन्द्र दाहाल र मिना अधिकारीलाइ पनि जसस फ्रान्सको कार्यसमिति सदस्यमा मनोनित गरि सम्मान गरिएको छ। सभापति सुधिर रानाले शुभकामान मन्तब्य राख्दै राम्रो काम गर्नेहरुको लागि सदैव जसस फ्रान्सले सम्मान र स्थान दिने बताए।

तप्त भण्डारीको संरक्षकत्वमा जनसम्पर्क समिति अझै गतिशील हुने भन्दै अग्रजहरुले पार्टी प्रति गरेको योगदानको उच्च मुल्यांकन गर्दै उनीहरुप्रति सम्मान र कदर गर्ने संस्कारको विकास गर्ने धारण राखे । नेपालमा रहदा एमाले पार्टी प्रति प्रतिबद्द मिना अधिकारी फ्रान्स आए पश्च्यात जसस फ्रान्सले नेपाली समाजमा खेलेको सकारात्मक भूमिका यस संस्थाले गरेको योगदान, विसंगति बिकृति विरुद्ध उठाएको आवाज र त्यसले ल्याएको तरंग एवम परिणामकाले गर्दा आफु जसस प्रति जुकाव रहदै आएको र अहिले नेपाली कांग्रेसको क्रियाशील सदस्य हुदै कार्यसमिति सम्मको यात्रा तय गरेको बताईन। जसस फ्रान्सलाई गतिशील र सबल बनाउन कुनै कसर बाकि नराख्ने भन्दै कार्यसमिका सदस्यहरुको एउटै आवाज र प्रतिबद्दता रह्यो। जसस फ्रान्सका कार्यवाहक सभापति इन्द्र बस्नेतले सम्मान तथा शुभकामना कार्यक्रम समापन गर्दै आगामी दिनमा जसस फ्रान्स अझै गतिशील र नेपाली समुदाय प्रतिबद्द रहेर परोपकारी कार्यको लागि अग्रसर रहने जनाए ।