९ मंसिर २०८१, आईतवार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि विभिन्न सर्त प्रस्तुत गरेका छन् । बिहीबार टर्कीका राष्ट्रपति रेचेप तय्यप एर्दोआनसँग रुसी राष्ट्रपति पुटिनले गरेको फोनवार्ताका क्रममा युक्रेनसँग शान्ति सम्झौता गर्नका लागि विभिन्न सर्तहरू प्रस्तुत गरेका हुन् ।
करिब आधा घण्टा लामो फोनवार्ताका क्रममा रुसी राष्ट्रपति पुटिनले युक्रेनसँगका आफ्ना मागहरूलाई दुई भागमा विभाजन गरेर बताएको टर्किस राष्ट्रपति एर्दोगानका प्रमुख सल्लाहकार तथा प्रवक्ता इब्राहिम कलिनलाई उद्धृत गर्दै बीबीसीका परराष्ट्र मामिला सम्पादक जोन सिम्पसनले बताएका छन् ।
राष्ट्रपति पुटिनका प्रथम चार माग पूरा गर्न युक्रेनलाई अप्ठ्यारो नहुने तर बाँकी माग पूरा गर्न भने कठिन हुने प्रवक्ता कलिनले बताए ।
रुसले प्रस्तुत गरेका केही माग भने युक्रेनले स्विकारिसकेको छ । रुसद्वारा प्रथम भागमा समेटिएका तटस्थ रहनुपर्ने‚ नेटोसँग आबद्ध हुन नपाउने‚ युक्रेन निःशस्त्रीकरणमा जानुपर्ने‚ युक्रेनमा रुसी भाषालाई संरक्षण गर्नुपर्नेलगायतका मागहरू पूरा गर्न युक्रेन सकारात्मक देखिएको तर केहि मागहरू भने जटिल रहेको बीबीसीले उल्लेख गरेको छ । तर‚ रुसले राखेको डी(नाजिफिकेसन अर्थात् नाजीकरण रोक्नुपर्ने माग युक्रेनका लागि कठिन हुन सक्ने आकलनसमेत गरिएको छ ।
युक्रनी राष्ट्रपति आफैं यहूदी रहेको र हिटलरको शासनमा भएको होलोकास्ट ९नरसंहार०मा उनका केही आफन्तहरूको समेत मृत्यु भएकाले उनले यो माग सहजै स्विकार्न नसक्ने आकलनहरू समेत गरिएका छन् । तर‚ युक्रेनीहरूले भने यो माग स्विकार्न राष्ट्रपति जेलेन्स्कीलाई गाह्रो नहुने दाबी गरेका छन् ।