१ चैत्र २०८२, आईतवार
दुर्घटनाका चालकलाई छाडेको र स्थायी कमिटी सदस्य प्रभु साहलाई जोडिएको भन्दै एमाले रौतहटले आपत्ति जनाएको छ ।
बुधबार राति चन्द्रनिगाहपुर–गौर सडकखण्डको हर्साह चोकमा जिपले ठक्कर दिँदा २ जनाको मृत्यु भएको थियो ।


एमाले रौतहटले शुक्रबार विज्ञप्ति जारी गर्दै दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन आग्रह गरेको छ । रौतहट एमालेका अध्यक्ष त्रिभुवन साहद्वारा जारी विज्ञप्तिमा दोषी चालकलाई प्रहरीले छाडेको र सवारी धनीलाई फसाउन खोजिएको दाबी गरिएको छ ।
साथै साहले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपीलाई हटाउनसमेत माग गरेका छन् ।

