२४ बैशाख २०८३, बिहीबार
नेपाली कांग्रेस बागमती प्रदेशको कार्यसमितिमा १६ जना सदस्य मनोनित भएका छन्। प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टी विधानको धारा १३ (६) बमोजिम सदस्य मनोनित गरेका हुन्।
मनोनित हुनेहरुमा निमा लामा, कृष्णलाल भडेल, सन्तबहादुर प्रजा, प्रभात तामाङ, कल्पना नेपाली, तिलकप्रसाद रुवाली, छिरिङ दोर्जे लामा, अर्जुन न्यौपाने, कैलाश कोइराला, राजु खरेल गौरी दवाडी, रमेशकुमार बखती, हरिहर अधिकारी, राजेश महर्जन, प्रभुराम श्रेष्ठ र भगवतीकुमारी खड्का छन्।

