१ चैत्र २०८२, आईतवार
नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पतालमा उपचारत पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डरलाई भेटेका छन् । प्रकाश सपुतको ‘पीर’ गीतले माओवादी लडाकुहरुको संघर्षबारे सफल्ता हाँसिल गरिसकेका माओेबादीका नेताहरु नै बेखबर रहेका कथाबस्तु रहेको भिडियो सुपरहिट भएको केहि समयमा नै प्रचण्ड रानालाई भेट्न गएका छन् ।
काभ्रे महाभारत गाउँपालिका ६ का पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डर भक्त रानालाई भेटेर प्रचण्डले स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् । उनले आगामी दिनमा पार्टी र सरकारको तर्फबाट उपचारको पहल गर्ने आश्वासन समेत दिएका छन् । साथै ७ वर्षका बालकको पढाई र रानाकी श्रीमतीको रोजगारीको लागि पहल गर्ने पनि बताएका छन् ।


मकवानपुरको झुरझुरेमा घाइते भएका राना शान्ति प्रक्रियापछि वाइसीएलको जिम्मेवारी रही काम गर्दै आएका थिए । टाउकोमा लागेको चोट बल्झिएपछि उनको खुट्टामा इन्फेक्सन देखिएको र दुबै खुट्टा अप्रेसन गरेर फाल्नु परेको अस्पतालले जनाएको छ।