१ चैत्र २०८२, आईतवार
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले जनताको पार्टी भएको बताएका छन् ।
पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी र अभिनेत्री करिश्मा मानन्धरलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले आगामी चुनावमा बहुमत ल्याएर विजयी हुने भन्दै यो पार्टी नेपाली जनता, डाक्टर, इन्जिनियरको पनि पार्टी भएको बताए।


नेकपा एमाले नेपाली जनताको पार्टी हो । कलाकारको, साहित्यकारको पार्टी हो। कोही संगीत गर्नेछन्, कोही नृत्यकार छन्, उनले भने, ‘सबैको नेकपा एमाले पार्टी हो । यो डाक्टर, इन्जिनियरको पनि पार्टी हो ।’
ओलीले स्थानीय तह निर्वाचनमा बहुमत ल्याउनेगरी लाग्न पार्टी पंक्तिलाई आग्रह गरे ।