चीनका विदेशमन्त्री वाङ अफगानिस्तानमा

होमल्याण्ड खबर

२०७८ चैत्र १० गते, बिहीबार १७:०४ मा प्रकाशित

चीनका विदेशमन्त्री वाङ यी अफगानिस्तान पुगेका छन । बिहीवार उनी अफगानिस्तान पुगेको समाचार संस्था एएफपीले जनाएको छ । गएको अगस्टमा तालिबान समूहले सत्ता कब्जा गरेपछि अफगानिस्तान पुग्ने वाङ पहिलो विदेशमन्त्री हुन ।

तालिवान सरकारका उच्च अधिकारी अहमद यासिरले चीनका विदेशमन्त्री काबुल आएको जानकारी दिँदै उनले इस्लामिक सहयोग सङ्गठनको बैठकमा पनि सहभागी हुने बताएको खबरमा उल्लेख छ ।

चीनले अर्को हप्ता अफगानिस्तानमा सहयोग गर्नेबारे छिमेकी देशहरूसँग छलफल गर्न लागेको छ । काबुल भ्रमणका क्रममा विदेशमन्त्री वाङले अफगानिस्तानलाई आर्थिक सहयोग जुटाउनेबारे छलफल गर्नेछन ।

चीन र अफगानिस्तानबीच ७६ किलोमिटर लामो सीमा रहेकाले चीनले अफगानिस्तानबाट आतङ्कवादी खतरा नहोस् भनेर छलफललाई तीव्रता दिइरहेको छ ।