१ चैत्र २०८२, आईतवार
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिले किन र के का लागि दोहोरिन चाहेको हो स्पष्ट हुनुपर्ने बताएका छन् । आइतवार गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको गाउँ सभारनगर सभा सञ्चालन तथा कानून निर्माण प्रक्रिया सम्बन्धी स्रोत पुस्तिका विमोचन गर्दै उनले दोहोरिन चाहने जनप्रतिनिधिलाई सो प्रश्न गरेका हुन् ।
उनले आफ्नो नेतृत्वमा देश र नागरिकको आवश्यकता पुरा हुने, नहुने बिचार गर्न आग्रह गरे । उनले जनप्रतिनिधिहरुले दोहोरिने इच्छा देखाएर मात्रै नहुने बताए । पदमा दोहोरिने भन्दा पनि आगामी दिनमा के राम्रो काम गर्ने भन्ने विषय महत्वपूर्ण भएको उनको भनाइ छ ।


‘कति पटकको कुनै अर्थ छैन, इतिहासमा कतिपटक एक ठाउँमा लेखिएला तर के गर्यो महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘कुनै एकजनाले एकपटकमा राम्रो गर्यो भने अर्को सात९आठ चोटी निर्वाचित भएर त्यही ठाउँमा गएकोले केही गरेन भने हिसाब के हुन्छ रु एकपटकको हुन्छ ।’
अध्यक्ष तिमिल्सिनाले आम नागरिकमा राजनीतिप्रति सकारात्मक धारणा बनाउन उनीहरुको जिवनस्तर उकास्नका लागि नेताहरुले ध्यान दिनुपर्ने बताए । उनले जनताले पनि निर्वाचनको बेला बेठिक मानिसलाई नचुनी विवेक पुर्याएर जनप्रतिनिधि छान्नुपर्नेमा जोड दिए ।
‘चुन्ने बेलामा बेठिक चुन्छौं। भ्रमपूर्ण कुराबाट चुन्छौं । विश्लेषण गर्दैनौं अनि राम्रो होस् भनेर कहीँबाट पाउँछौं रु’, उनले भने ‘त्यसकारण हामीले विवेक पुर्याएर छान्नुपर्छ भन्ने कुरा सिकाउने त हामीले नै हो न,ि कि राजनीति गर्नेले रु यो हिसाबले जान्न सकौं ।’ राजनीतिक पार्टीहरुले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको कामको मुल्यांकन गरेर त्यसैको आधारमा टिकट दिनुपर्ने बताए ।