मुख्य शक्तिसँग सम्बन्ध सन्तुलित नबनाए दुर्घटनामा पर्न सक्छौं : भट्टराई

होमल्याण्ड खबर

२०७८ चैत्र १७ गते, बिहीबार १०:५२ मा प्रकाशित

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत, चीन, अमेरिकालगायत आर्थिक शक्तिसँग सन्तुलित सम्बन्ध अनिवार्य भएको बताएका छन् । बिहिबार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराईले मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा पर्न सक्ने बताएका हुन् ।

नेपालको छरछिमेकीको भूराजनीति बलियो बनेको उनले बताए । भारत(चीन र अमेरिकाका सम्बन्धनले हाम्रो आन्तिरिक सम्बन्धलाई पनि प्रभावित पार्ने अवस्था बनेको बताउँदै उनले राष्ट्रिय मुद्दामा दलहरुबीच सहमति हुनैपर्ने बताए ।

युक्रेनको घटना हाम्रा लागि ठूलो पाठ हो । मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा पर्न सक्छौं,’ उनले भने ।