९ मंसिर २०८१, आईतवार
(एजेन्सी) रुसको आक्रमणमा परी युक्रेनमा हालसम्म १८ पत्रकारले न्यान गुमाएका छन् । युक्रेनमा एक महिनाभन्दा बढी समयदेखि जारी आक्रमणको रिपोर्टिङ गर्ने क्रममा १८ पत्रकारको मृत्यु भएको हो ।
युक्रेनको संस्कृति तथा सञ्चार मन्त्रालयले टेलिग्राममा सार्वजनिक गरेको विवरणअनुसार १५ पुरुष र ३ महिला पत्रकारको मृत्यु भएको हो ।
त्यस्तै, अन्य १३ पत्रकार घाइते भएका छन् । आठ पत्रकार अपहरणमा परेका छन् भने तीन जना बेपत्ता भएका छन् ।