आचारसंहिता बारे स्पष्ट पार्न निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दैै

होमल्याण्ड खबर

२०७८ चैत्र २५ गते, शुक्रबार १५:१६ मा प्रकाशित

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयार गरेको निर्वाचन आचारसंहिता २०७८ का विषयमा पत्रकार सम्मेलनमार्फत स्पष्ट पार्ने भएको छ ।

आयोगले आज अपराह्न ५ बजे पत्रकार सम्मेलनमार्फत निर्वाचन आचारसंहिता कार्यान्वयनबारे जानकारी गराउन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।