नेपाल बारमा गठबन्धनको प्यानल नै विजयी

होमल्याण्ड खबर

२०७८ चैत्र २५ गते, शुक्रबार १५:४० मा प्रकाशित

नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वमा सत्ता गठबन्धन निकट बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूह विजयी भएको छ ।

वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले ४ हजार ४७४ मत ल्याएर विजयी भएका हुन् । नेकपा एमाले निकट  प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी (२४८२) लाई पराजित गर्दै घिमिरे अध्यक्षमा विजयी भए ।

त्यसै गरी प्रदेश नम्बर १ बाट उपाध्यक्षमा अधिवक्ता सुरज खत्री, मधेश प्रदेशबाट सुधीरकुमार कर्ण, बागमतीबाट हर्कबहादुर रावल, गण्डकीबाट वीरेन्द्र केसी, लुम्बिनीबाट पशुपति भण्डारी, कर्णालीबाट उत्तमप्रसाद आचार्य र सुदूरपश्चिमबाट तुलाराम गिरी निर्वाचित भएका छन् ।

महिला खुलातर्फबाट उपाध्यक्षमा आशा राई निर्वाचित भएकी छन् । महासचिवमा अन्जिता खनाल र कोषाध्यक्षमा भरतबहादुर राउत विजयी भएका छन् ।