९ मंसिर २०८१, आईतवार
रुसबाट तेलको आपूर्ति बढाउँदा भारतको हित नहुने अमेरिकाले टिप्पणी गरेको छ । दुई मुलुकका सरकारप्रमुखबीच भएको संवादका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुसी तेलको आपूर्ति परिमाण बढाउनु भारतको हितमा नभएको बताएका हुन् ।
राष्ट्रपति बाइडेनले रुसबाट तेलको आपूर्ति कटौती गरेको खण्डमा उर्जा विविधीकरणका लागि भारतलाई सहयोग गर्न अमेरिका तयार रहेको समेत आश्वासन दिएको ह्वाइट हाउसले जनाएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले सोमबार यसबारे जानकारी दिँदै भनिन्– ‘तेल आयातको माध्यमको विविधीकरण गर्नका लागि सहयोग गर्न हामी तयार छौँ भनेर राष्ट्रपतिले सन्देश दिनु भएको छ ।’
अमेरिकाबाट भारततर्फ हुने आयात अहिले पनि उल्लेखनीय छ, रुसबाट हुने आयात भन्दा निकै धेरै ।’ उनले भनिन्, ‘यो बढाउनु भारतको हितमा नरहेको राष्ट्रपतिले टिप्पणी गर्नुभएको छ ।’
अमेरिकाले भारतलाई रुसी अर्थतन्त्रमा थप दबाब बढाउनका लागि रुसबाट आयात घटाएर सहयोग गर्न आग्रह गर्दै आएको छ ।