५० दिनसम्म रुसी आक्रमणबाट मुलुकको रक्षा गरेकोमा युक्रेनी राष्ट्रपतिको बधाइ

होमल्याण्ड खबर

२०७९ बैशाख २ गते, शुक्रबार १३:४३ मा प्रकाशित

रुस–युक्रेन युद्धको आज ५० दिन पुरा भएको छ । गत फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथिको आक्रमणलाई जारी राखेको छ । उक्त विषयमा सन्देश दिदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ५० दिनसम्म रुसी आक्रमणबाट रक्षा गर्नु उपलब्धि भएको टिप्पणी गरेका छन् । बीबीसीका अनुसार आक्रमणका बेला रुसले ५ दिनको समय दिएकोमा ५० दिनसम्म मुलुकको रक्षा गर्नु उपलब्धि भएको उनको टिप्पणी हो ।

‘तर उनीहरुलाई युक्रेनीहरु यतिसम्म बहादुर छन् भन्ने थाहा थिएन‘ ।’ सन्देशमा जेलेन्स्कीले भने, ‘‘स्वतन्त्रता र आफ्नो चाहनाअनुसार जीवन बाँच्ने सम्भावना हाम्रा लागि कति महत्वपूर्ण छ भन्ने उनीहरूलाई थाहा थिएन ।’

उनले युक्रेनी नागरिकलाई पनि बधाइ दिए । ‘५० दिनसम्म हाम्रो रक्षा उपलब्धि हो । दशौँ लाख युक्रेनीको उपलब्धि हो ।’९एजेन्सी०