१ चैत्र २०८२, आईतवार
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन् ।शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग पनि औपचारिक रूपमा गठबन्धनको कुरा नचलाएको बताए ।
उनले भने, “अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन । यस खालका कुराकानीहरू कुनै दलसँग पनि चलाएको छैन ।” यसपालिको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामर्थ्यले लड्ने उनले बताए। उनले भने, “केही स्थानीय तहमा आवश्यकताअनुसार तालमेल भयो भने बेग्लै कुरा हो । हामीले स्थानीय तहलाई त्यसै छोड्दिने निर्णय गरेका छौँ ।”


शिक्षाको विकास र सुधार नभएसम्म अन्य विकासले पूर्णता नपाउने भन्दै उनले स्थानीय तहमा राप्रपाले निर्वाचन जितेका ठाउँहरूमा निःशुल्क शिक्षा दिने बताएका छन् ।
फरक प्रसङ्गमा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेशा व्यवसाय मान्नेहरू पार्टीबाट बाहिरिएको जानकारी दिए ।