१ चैत्र २०८२, आईतवार
सत्ता गठबन्धनको चुनावी तयारी समितिको बैठक आज बस्दै छ । दिउँसो १ बजे बैठक बस्ने बताइएको छ ।
समितिको बैठकले गठबन्धन दलका संयुक्त संयन्त्रमार्फत आएका देशभरका जिल्लामा पार्टीहरूको अवस्थासम्बन्धी रिपोर्टलाई एउटै प्रतिवेदनको आकार दिनेछ । सोही रिपोर्टका आधारमा गठबन्धन दलबीचको भागबन्डा मिलाउने तयारी छ ।


आज बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको चुनावी तयारी समितिसँग प्रतिवेदन मागेको थियो । बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीका अनुसार बिहानको बैठकले पौडेलको समितिसँग महानगरपालिका र उपमहानगरपालिका कहाँ कसलाई दिने भन्ने विषयमा रिपोर्ट माग्दै उक्त रिपोर्टका आधारमा भागबन्डाको टुंगो लगाउने निर्णय गरेको छ ।
पौडेल नेतृत्वको चुनावी तयारी समितिको बैठक आजै दिउँसो १ बजेका लागि डाकिएको हो ।