गठबन्धनले टुंग्यायो ६ महानगर र ११ उपमहानगरको भागबन्डा

होमल्याण्ड खबर

२०७९ बैशाख ७ गते, बुधबार १६:५० मा प्रकाशित

सत्तारुढ गठबन्धनको बैठकले छ महानगर र ११ उप–महानगरपालिकाको भागबन्डा टुंगो लगाएको छ । बुधबार प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बसेको बैठकले नेपालगञ्ज उप–महानगरपालिकाको नेतृत्व नेपाली कांग्रेसले पाउने गरी सहमति जुटाएको छ ।

योसँगै दलीय भागबन्डा टु्ंगिएको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी गराएका छन् । केहीबेरपछि अन्तिम सहमति पत्रमा हस्ताक्षर हुने उल्लेख गर्दै उनले भनेका छन्, ‘सिट बाँडफाँटमा सहमति भयो । अब हस्ताक्षर गरेर सहमतिपत्र सार्वजनिक गर्छौं ।’

मंगलबार रातिको बैठकमै ६ महानगरपालिका र ९ उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको भागबन्डा सहमति बनिसकेको थियो । बाँकी पालिकाहरुमा आजको बैठकले टुंगो लगाएको हो ।