४१० स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीको कति स्थानमा विजयी

होमल्याण्ड खबर

२०७९ जेष्ठ ४ गते, बुधबार १०:५६ मा प्रकाशित

शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणनाअनुसार बुधबार बिहान १० बजेसम्म ४१० स्थानको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार नेपाली काँग्रेस सर्वाधिक धेरै स्थानीय तह जित्दै पहिलो स्थानमा रहेको छ ।काँग्रेसले प्रमुख ५२ र अध्यक्ष पदमा १३९ पालिका जितेको छ ।

यस्तै नेकपा एमालेले प्रमुख पदमा २८ र अध्यक्ष पदमा ९ पालिकामा जित हासिल गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रले ९ प्रमुख र ७० अध्यक्ष पदमा विजय हासिल गरेको जनाइएको छ ।

यस्तै एकीकृत समाजवादीले प्रमुख पदमा २ स्थानमा जित हासिल गर्दा अध्यक्ष पदमा ५ पालिकामा जित हासिल गरेको छ । यस्तै अन्य पार्टीका र स्वतन्त्रका गरी ५ उम्मेदवारले पालिका प्रमुख जित्दा ११ उम्मेदवारले ११ अध्यक्ष पद जितेको छ ।