११ कार्तिक २०८३, मंगलवार
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज मंगलबार दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ।


दिनको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज खेल्नेछन्। राष्ट्रिय टोलीका कप्तान समेत रहेका सन्दीप लामिछानेको कमानीमा विराटनगर मैदान उत्रनेछ। मार्की खेलाडी समेत रहेका सन्दीपको टोली विराटनगर लिगमा सुखद सुरुवात गर्ने योजनामा छ।
कुशल मल्लको कप्तानीमा चितवन मैदान उत्रिँदा जितको खोजीमा हुनेछ। विराटनगरविरुद्ध मैदान उत्रदा समर्थकको नजर चितवन माथी हुनेछ।
त्यसको अर्को मुख्य कारण भनेको यसअघिका २ सिजन खेलाडीका रुपमा मैदान उत्रिएका सोहेल तनविर यो पटक प्रशिक्षकका रुपमा छन्।
आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्नेछन्। पहिलो सिजनको च्याम्पियन जनकपुर यो पटक सुरुवात देखि नै मैदानमा उच्च प्रर्दशन गर्दै अघि बढ्न चाहान्छ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्स जनकपुरलाई हराउँदै सुखद सुरुवातको योजनामा छ।