२९ आश्विन २०८३, बिहीबार
नेपाली कांग्रेसको सहमहामन्त्री (मुस्लिम) पदमा डा. मो. फिरदोश आलम विजयी भएका छन्। मुस्लिम समुदायका लागि छुट्याइएको एक पदमा भएको प्रतिस्पर्धामा उनले अतहर कमाल मुसलमान र अब्दुल सत्तारलाई पछि पार्दै जित हासिल गरेका हुन्।
डा. आलम नेपाली कांग्रेसका दिवंगत नेता शेख इद्रिसका नाति तथा दिवंगत मोहम्मद आफताबका छोरा हुन्। उनले चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) अध्ययन पूरा गरेका छन्। उनले नेपाल प्रहरी अस्पतालमा प्रहरी निरीक्षकका रूपमा समेत काम गरेका थिए।

