म्याक्स टाइगरको दशैं धमाका : पाँच जनाले जिते स्कुटर र मोटरसाइकल, कार जित्ने मौका अझै बाँकी

होमल्याण्ड खबर

२०८३ आश्विन २९ गते, बिहीबार १४:२२ मा प्रकाशित

म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म पाँच जना भाग्यशाली उपभोक्ताले स्कुटर तथा मोटरसाइकल जितेका छन् । अभियानअन्तर्गत एक जना भाग्यशाली उपभोक्ताले प्रोटोन कार जित्ने मौका भने अझै बाँकी छ ।

अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोकरले यामाहा आरजेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेडएस एफआई मोटरसाइकलको विजेता बनेका छन् । म्याक्स टाइगरको एउटा क्यानसँग जोडिएको पुरस्कार जित्ने अवसरले दुवै विजेताको यस वर्षको दशैंलाई विशेष बनाएको कम्पनीले जनाएको छ ।

यसअघि बनेपाका कुमार राज र धादिङका गल्छीका सञ्जोग रिमालले यामाहा एफजेडएस एफआई मोटरसाइकल जितेका थिए । त्यस्तै, सुर्खेतका किशोर जंग शाह यामाहा आरजेडआर स्कुटरका विजेता बनेका थिए । पछिल्ला दुई विजेता थपिएसँगै मोटरसाइकल जित्नेको संख्या तीन र स्कुटर जित्नेको संख्या दुई पुगेको छ ।