गृहमन्त्री सुदन गुरुङ मंसिर १७ गते विवाह बन्धनमा बाँधिँदै

होमल्याण्ड खबर

२०८३ मंसिर १२ गते, शुक्रबार १३:३३ मा प्रकाशित

गृहमन्त्री सुदन गुरुङ आगामी मंसिर १७ गते विवाह बन्धनमा बाँधिने भएका छन्। उनले आफ्नो गृहजिल्ला गोरखामा पारिवारिक तथा आफन्तजनको उपस्थितिमा विवाह समारोह आयोजना गर्ने तयारी गरेका छन्।

गुरुङको सचिवालयनिकट स्रोतका अनुसार विदेशमा रहेकी युवतीसँग उनले यसअघि नै अदालती विवाह गरिसकेका छन्। अब दुवै परिवारका सदस्य तथा आफन्तजनको उपस्थितिमा परम्परागत र सामाजिक विधिअनुसार विवाहलाई औपचारिकता दिन लागिएको हो।

विवाह समारोह गोरखामा आयोजना हुने तयारी रहेको स्रोतले जनाएको छ। समारोहमा परिवारका सदस्य, आफन्त तथा निकट व्यक्तिहरू सहभागी हुने बताइएको छ।

यसअघि नै कानुनी प्रक्रिया पूरा गरिसकेका गुरुङले लामो समयपछि परम्परागत संस्कारअनुसार विवाह समारोह गर्न लागेका हुन्। यद्यपि, विवाह समारोहको विस्तृत कार्यक्रम र सहभागी हुने अतिथिबारे औपचारिक विवरण सार्वजनिक भएको छैन।