सुनचाँदीको मूल्य आज पनि बढ्यो

होमल्याण्ड खबर

२०८३ मंसिर १२ गते, शुक्रबार ११:०० मा प्रकाशित

स्थानीय बजारमा सुनचाँदी मूल्य बढेको छ। छापावाल सुन प्रतितोला रु तीन हजार ३०० र असली चाँदी रु १२० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४६ हजार १०० र असली चाँदीको मूल्य रु तीन हजार १९५ कायम भएको छ।

हिजो छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४२ हजार ८०० र असली चाँदीको मूल्य रु तीन हजार ७५ कायम भएको थियो।