आज बढ्यो सुनको मूल्य, कति पुग्यो ?

होमल्याण्ड खबर

२०८३ मंसिर ९ गते, मंगलवार ११:४२ मा प्रकाशित

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सन चाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य तोलाको २ लाख ४७ हजार ९ सय रुपैयाँ तोकेको छ ।

यसअघि सोमबार सुनको मूल्य तोलाको २ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यसहिसाबमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलाको ३ हजार १४५ रुपैयाँ तोकिएको छ । यसअघि हिजो चाँदी तोलाको ३११० रुपैयाँमा कारोबार भएको थियो ।