आज पनि घट्यो सुनको मुल्य, कतिमा हुँदैछ काराेबार ?

होमल्याण्ड खबर

२०८३ मंसिर ७ गते, आईतवार ११:४८ मा प्रकाशित

आज आइतबार सुनचाँदीको मुल्य घटेको छ । यस दिन सुनको मुल्य तोलाको २ हजार ८०० रुपैयाँले घटेर २ लाख ४२ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यस अघि शुक्रबार एक तोला सुनको मूल्य २ लाख ४५ हजार ४०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँमा झरेको छ । शुक्रबार एक तोला चाँदीको मूल्य ३ हजार ११० रुपैयाँ थियो ।

पछिल्लो सयम सुनको मूल्य निरन्तर घटिरहेको छ । विज्ञहरुका अनुसार अबको ६ महिनामा सुनको मूल्य तोलाको १ लाख ८० हजार रुपैयाँमा झर्न सक्ने अनुमान गरेका छन् ।