७ मंसिर २०८३, आईतवार
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेसँगै उनी सवार जहाज विश्वभरकै सर्वाधिक हेरिएको उडान बनेको छ।
फ्लाइट राडार २४ का अनुसार नेपाल एयरलाइन्सको एयरबस ए–३२० जहाज (उडान नम्बर आरए २१७ र कल साइन आरएनए २१७) दिउँसो १ः४५ बजे उड्ने निर्धारित समय थियो। तर, उक्त जहाज २३ मिनेट ढिलो गरी दिउँसो २ः०८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो।


भारतीय समयअनुसार दिउँसो ३ः१५ बजे दिल्ली अवतरण गर्ने तालिका रहेको जहाज ३ः२० बजे पुग्ने अनुमान ट्र्याकरमा देखाइएको थियो।
फ्लाइट राडार २४ को नक्सामा जहाजले काठमाडौँबाट उडान भरेपछि कोटेश्वर, ललितपुरको लगनखेल र जावलाखेल हुँदै भैँसेपाटीतर्फको आकाशबाट दिल्लीको मार्ग समातेको देखिएको थियो। उडानको सुरुवाती ७ किलोमिटर दूरी पार गर्दा दिल्ली पुग्न अझै ८११ किलोमिटर दूरी बाँकी रहेको विवरणसमेत देखाइएको थियो।