प्रतिनिधिसभा बैठक जारी, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

होमल्याण्ड खबर

२०७९ जेष्ठ ४ गते, बुधबार १४:०८ मा प्रकाशित

संसद् बैठक जारी, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

प्रतिनिधिसभाको बैठक बसिरहेको छ । मंगलबारको बैठकमा पेस गरिएको आर्थिक वर्ष २०७९र८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफल सुरु भएको छ ।

छलफलको सुरुमा एमालेका सांसद योगेश भट्टराईले आफ्नो धारणा राख्दै सरकारले अर्थतन्त्रमा चासो नदेखाएको बताएका छन् । त्यस्तै गठबन्धनका ेसरकार जति समय सरकारमा रहन्छ त्यतिनै समयको बर्बाद हुने पनि उनले बताएका छन् ।

नवौं र दशौं अधिवेशनका बैठक अवरोध गरेको एमाले ११औँ अधिवेशनबाट भने बैठकमा हुने छलफलमा सहभागी हुन थालेको हो ।