बाबुरामको गृहनगरमा माओवादी केन्द्रको जित

होमल्याण्ड खबर

२०७९ जेष्ठ ५ गते, बिहीबार १०:२० मा प्रकाशित

गोरखाको पालुङटार नगरपालिकाको मेयर, उपमेयरमा माओवादी केन्द्रका उमेदवार विजयी भएका छन् ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार नवनिर्वाचित मेयर विवश चिन्तन ६ हजार ७२ मत प्राप्त गर्दै निर्वाचित बने ।

उपमेयरमा बन्दना पाण्डेले ५ हजार ५ सय ७९ मत प्राप्त गर्दै विजयी भइन् । पालुङटार जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने उनको गृहपालिकासमेत हो । चिन्तनका प्रतिस्पर्धी जसपाका प्रेमबहादुर गुरुङले ५ हजार ७ सय १७ मत ल्याए ।

उपमेयरको निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार चेतकुमारी श्रेष्ठले ५ हजार ७७ मत पाइन् । पालुङटारमा जसपा र एमालेबीच मेयर, उपमेयरमा एकले अर्कालाई सघाउने गरी चुनावको अन्तिम समयमा तालमेल भएको थियो ।