२ चैत्र २०८२, सोमबार
स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउनेक्रम जारी छ । हालसम्म ६५० पालिकामा अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये नेपाली कांग्रेसले सर्वाधिक पालिकामा जित निकालेको छ। नेपालगन्ज उपमहानगरसहित ११० नगरपालिका जितेको कांग्रेसले १८२ गाउँपालिकामा जित निकालेको छ ।
यस्तै नेकपा एमालेले घोराही उपमहानगरपालिकासहित ६२ नगरपालिका र ११८ गाउँपालिकाको प्रमुख पद जितेको छ । यस्तै नेकपा माओवादी केन्द्रले जितपुर सिमरा उपमहानगर सहित २० नगरपालिका र ९३ गाउँपालिकामा प्रमुख पद जितेको छ ।


यस्तै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले ६ नगरपालिकासहित १४ पालिकामा प्रमुख पद जितेको छ ।
जनता समाजवादी पार्टीले हालसम्म २० पालिकामा प्रमुख पद जितेको छ। यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ८ वटा पालिकामा प्रमुख पद जितेको छ। राप्रपाले २ नगरसहित ४ पालिकामा जित्दा अन्यले २१ पालिकामा प्रमुख पद जितेका छन् ।